कालिकोटमा वडा कार्यालयको नमूना भवन निर्माणको काम सकियो

 कात्तिक २७, २०७५ मंगलबार ७:२९:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

कालीकोट – तिलागुफा ६ जुविथाको नमूना भवन निर्माण सम्पन्न भएको छ । कालीकोटका स्थानीय तहमध्ये पक्की भवन भएको जुविथा पहिलो वडा बनेको छ । 

तिलागुफा नगरपालिकाको पहलमा बेलायती विकास नियोग डीएफआईडीको सहयोगमा ग्रामीण पुनर्निर्माण संस्था आरआरएनको प्राविधिक तथा सहजीकरणमा शौचालय, खानेपानीसहितको ३ तले १२ कोठे भूकम्प प्रतिरोधी पक्की भवन निर्माण भएको हो । 

कालीकोटको ९ वटा स्थानीय तहमध्ये तिलागुफा ६ को नयाँ भवन यहाँका प्रतिनिधि सभा सदस्य दुर्गाबहादुर रावत र प्रदेश सभा सदस्य कुर्मराज शाहीको उपस्थितिमा सीडीपीले नगरपालिकामार्फत वडापालिकालाई औपचारिकरुपमा भवन हस्तान्त्रण गरेको जिल्ला संयोजक लिलाराम न्यौपानेले बताउनुभयो । उहाँले स्थानीयले गाल्जेमा निःशुल्क जग्गा उपलब्ध गराएको र सीडीपीले १ करोड ६८ लाख को लागनीमा भवन निर्माण गरेको बताउनुभयो ।

सीडीपी परियोजनाले कालीकोटमा विद्यालय भवन, खानेपानी, सिंचाई कुलो, सामुदायिक भवन निर्माण लगायतका कार्य गरेको छ । सीपमूलक आयआर्जनका क्षेत्रमा पनि लगानी गरेको छ । 
      

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया