भीरमा अड्किएका ८ जनाको उद्धार
फागुन २६, २०८१ सोमबार
बैतडी – सिगास गाउँपालिकामा तीनओटा नयाँ लघु जलविद्युत आयोजना बन्ने भएका छन् । गाउँपालिकाले गएको आर्थिक वर्षदेखि नै रकम विनियोजन गरेर लघुजल विद्युत आयोजना निर्माणको काम थालेको गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले जानकारी दिनुभयो ।
गाउँपालिकाको वडा नं ७ मा न्वाघरीगाड लघुजल विद्युत आयोजना, वडा नं ६ मा थलालीगाड लघुजल विद्युत आयोजना र भेकेगाड लघुजल विद्युत आयोजना निर्माणको काम भैरहेको उहाँले बताउनुभयो । गएको आर्थिक बर्षमा न्वाघरी गाडमा ३५ लाख, थलालीगाडमा तीस लाख र भेकेगाडमा ५३ लाख बजेट विनियोजन गरिएको थियो ।
चालु आर्थिक वर्षमा तीनओटै आयोजनामा ५० लाखका दरले रकम विनियोजन गरिएको गाउँपालिकाका प्रवक्ता रामबहादुर धामीले बताउनुभयो । गाउँपालिका बासीन्दाहरुको विद्युत सेवामा पहुँच पुर्याउनका लागि लघुजल विद्युत आयोजना निर्माणको काम सुरु गरिएको उहाँले बताउनुभयो । अन्य वडाहरुमा राष्ट्रिय प्रशारण लाइनबाट विद्युत विस्तारको काम गर्ने गरी तयारी भैरहेको प्रवक्ता धामीले जानकारी दिनुभयो ।
सिगास गाउँपालिकामा पहिलादेखि नै ६ ओटा लघुजल विद्युत आयोजना मर्मत सम्भारको अभावमा बन्द भएका थिए । ती मध्ये केहीलाई सुचारु गर्नका लागि रकम विनियोजन गरिएको प्रवक्ता धामीले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।