मन्त्रिपरिषदको निर्णय तत्काल सार्वजनिक नगर्ने सरकारको निर्णयप्रति पत्रकार महासंघको आपत्ति

 कात्तिक २७, २०७५ मंगलबार ११:२७:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाल पत्रकार महासंघले मन्त्रिपरिषदका निर्णयलाई तत्काल सार्वजनिक नगर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ ।

सरकारका प्रवक्ता तथा मन्त्रीहरुले ‘मन्त्रिपरिषद्को निर्णय तत्काल सार्वजनिक नगरी ४८ घण्टापछि ‘व्यवस्थित’ रुपमा सार्वजनिक गर्ने प्रतिक्रिया व्यक्त गर्नुले जननिर्वाचित सरकारले गरेका निर्णय तत्काल जान्न पाउने नागरिकको अधिकारमाथि आघात पुग्ने महासंघको ठहर रहेको महासंघका महासचिव रमेश विष्टले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सञ्चार प्रविधिको तीव्र विकास र समाज विकासको आजको युगमा लोकतान्त्रिक सरकारका निर्णहरुको सूचना पाउन नागरिकले ४८ घण्टा कुर्नुपर्छ भन्नु विगतमै अभ्यास हुनु छाडिसकेको सामन्ती परम्पराको निरन्तरता हुनेतर्फ सरकार सजग बन्नुपर्ने महासंघको आग्रह गरेको छ ।

मन्त्रिपरिषद्का निर्णय बैठक लगत्तै सार्वजनिक गरेर खुल्ला पारदर्शी र लोकतान्त्रिक अभ्यासलाई अनुसरण गर्न सरकारसमक्ष नेपाल पत्रकार महासंघले माग पनि गरेको छ । 
 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया