भीरमा अड्किएका ८ जनाको उद्धार
फागुन २६, २०८१ सोमबार
काठमाडौं – नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणले वर्तमान सरकारले नागरिकको जनजीविका सवाललाई सम्बोधन गर्न नसक्ने भन्दै सबै कम्युनिष्ट पार्टीहरु मिलेर संघर्ष गर्नु पर्ने बताउनु भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले काठमाडौंमा गरेको चियापान कार्यक्रममा बोल्दै अध्यक्ष वैद्यले सरकारविरुद्ध कार्यगत एकता गरेर भए पनि संघर्ष गर्नु पर्ने बताउनु भएको हो ।
वर्तमान सरकारको ८ महिनाको कार्य प्रगतिले नागरिकका समस्यामा समाधान नभएको भन्दै अध्यक्ष वैद्यले सबै क्रान्तिकारी एक ठाउँमा आउन आह्वान गर्नुभयो । सरकारमा गएका नेताहरु सत्ताको मातमा पहिलाका श्रीपाँच जस्ता देखिन थालेकोले नागरिकका जनजीविकाको सवाल आन्दोलन मार्फत उठाउन सबै एक ठाउँमा आउनु पर्ने वैद्यलृ बताउनुभयो ।
यस्तै चियापान कार्यक्रममा बोल्दै ने क पा मालेका महासचिव सीपी मैनालीले लिपुलेकबारे सरकारले बोल्न नसक्दा सरकारको देशभक्तिमा शंका उठ्न थालेको भन्दै आरोप लगाउनुभयो ।
महासचिव मैनालीले सरकारबाहिर रहँदा लिपुलेक नेपालको हो भन्दै जनमत बटुल्ने, सरकारमा गएपछि दक्षिण छिमेकी रिसाउला भनेर चुप बसेको हो ? भन्ने प्रश्न गर्नुभयो ।
सरकारको सत्ता नै दक्षिण छिमेकीको टेकोमा अडेको भन्दै यसको देश भक्ति र चरित्रमा शंका उत्पन्न भएको बताउनुभयो । चियापान कार्यक्रममा तत्कालीन माओवादी केन्द्रमा रहेका र माओवादी केन्द्र र नेकपा एमाले एकताबाट असन्तुष्ट नेता कार्यकर्ताहरु सहभागी थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।