भीरमा अड्किएका ८ जनाको उद्धार
फागुन २६, २०८१ सोमबार
तेह्रथुम – जिल्ला कृषि विकास कार्यालय खारेज भएसँगै जिल्लामा कृषि प्रसार, प्रविधि सहयोग र तथ्यांक संकलनको काम प्रभावित भएको छ ।
संघीयता कार्यान्वयनसँगै जिल्लाबाट प्राप्त हुँदै आएको सेवा सुविधासमेत कार्यालयको खारेजीले रोकिएको भन्दै किसानले गुनासो गर्न थालेका छन् ।
गाउँ–गाउँमा सेवा सुविधा पुर्याउने नाउँमा सरकारले जिल्लाबाट प्राप्त हुँदै आएको सेवा सुविधासमेत अन्य जिल्लातर्फ लगेको किसानको गुनासो छ । तत्कालीन जिल्ला कृषि विकास कार्यालय गएको साउनमा खारेज भएपछि जिल्लामा कृषि प्रसार र किसानलाई प्राविधिक सहयोगको काम रोकिएको छ ।
किसानले स्थानीय तहबाट कृषिका विभिन्न कार्यक्रमहरुमार्फत सेवा लिए पनि दक्ष कर्मचारी अभावले प्राविधिक सहयोग र कृषि प्रसारसम्बन्धी सेवा पाएका छैनन् । सरकारले सबै स्थानीय तहमार्फत सशर्त कार्यक्रमहरु सञ्चालन गर्ने भन्दै कृषि प्रसार र प्राविधिक सहयोगको सेवाका लागि दुई–तीन जिल्लाका लागि एक स्थानमा ज्ञान केन्द्र स्थापना गर्ने तयारी गरेको छ । तेह्रथुम, धनकुटालगायत जिल्लाका लागि धनकुटामा कृषि ज्ञान केन्द्र स्थापनाको तयारी रहेको छ ।
तर जिल्लाका कार्यालय खारेज भएको वर्षदिनसम्म पनि ज्ञान केन्द्र सञ्चालनमा आएको छैन । तत्कालीन जिल्ला कृषि विकास कार्यालय सञ्चालन भएको कार्यालयमा समेत ताला लगाइएको छ । कार्यालयमा कार्यरत केही कर्मचारीहरुले गएको साउनदेखि तलब भत्ता समेत पाएका छैनन् । करार सेवामा कार्यरत कर्मचारीहरुले खाली पानामा हाजिर गरेर कार्यालय कुर्ने काम मात्रै गर्दै आएका छन् ।
कर्मचारी भएका कार्यालयमा बजेट र कार्यक्रम छैन भने बजेट र कार्यक्रम रहेका स्थानीय तहमा दक्ष कर्मचारी अभावले काम अवरुद्ध हुँदै आएको छ । धनकुटामा ज्ञान केन्द्र स्थापना भएपछि जिल्लामा सम्पर्क केन्द्र सञ्चालन गर्ने तयारी रहेको कृषि ज्ञान केन्द्र धनकुटाका रामजुगन यादवले बताउनुभयो ।
अहिले जिल्ला कृषि विकास कार्यालयमा चार जना कर्मचारीहरु त्यत्तिकै रहेका छन् । कार्यालयमा बजेट र कार्यक्रम नहुँदा जिल्लाको सम्पूर्ण कृषि बाली र कृषि क्षेत्रको तथ्यांक संकलन रोकिएको छ । किसानले कृषिसम्बन्धी प्राविधिक जानकारी र सहयोगसमेत पाएका छैनन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।