भीरमा अड्किएका ८ जनाको उद्धार
फागुन २६, २०८१ सोमबार
काठमाडौं – आइतबार बसेको मन्त्रिपरिषद बैठकले विभिन्न १६ वटा निर्णय गर्यो । तर बैठकको निर्णयबारे भने सरकारका प्रवक्तासमेत रहनुभएका सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले कुनै जानकारी नै दिनुभएन ।
बैठक सकेर बाहिरिँदै प्रवक्ता बास्कोटाले अबदेखि बैठकलगत्तै निर्णय सार्वजनिक नगरी व्यवस्थित र नयाँ विधिसहित सार्वजनिक गरिने प्रचलन स्थापित गर्ने बताउनुभएको थियो ।
बैठक लगत्तै सार्वजनिक गर्दा कतिपय निर्णयहरु विवादमा परेको र ती निर्णय लागू नहुने अवस्था आएकाले अबदेखि बैठकको निर्णय केही दिनपछि मात्रै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने उहाँले बताउनुभएको थियो ।
बैठकको निर्णय परिपक्व नभएसम्म सार्वजनिक नगर्ने नीति लिइएकाले बैठकका निर्णयहरुको आधिकारिक जानकारी नदिइएको स्रोतले जनाएको छ ।
नेपाल सरकार (कार्य सम्पादन) नियमावलीमा बैठक बसेको २४ घण्टापछि मात्रै निर्णयहरु सार्वजनिक गर्ने कुरा उल्लेख रहेकाले त्यसैलाई व्यवस्थित गर्न निर्णयहरु सार्वजनिक नगरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार कुन्दन अर्यालले बताउनुभयो ।
तर नियमावलीमा भएको व्यवस्था बमोजिम २४ घण्टा नाघिसक्दा पनि त्यो बैठकको आधिकारिक जानकारी भने अझै गराइएको छैन । निर्णयका बारेमा औपचारिक जानकारी नदिई बाहिरिएका प्रवक्ता बास्कोटा घर नपुग्दै केही निर्णयहरुका बारेमा मिडियाहरुमा खबर सार्वजनिक भए । आजसम्ममा अधिकांश निर्णयहरु बाहिरिसकेको छ । तर औपचारिक निर्णय भने गराइएको छैन ।
औपचारिक निर्णय नगराइए पनि अनौपचारिक भन्दै मन्त्रीहरुले नै निर्णयहरु सार्वजनिक गरे । बैठकका अधिकांश निर्णय बाहिरिसकेको अवस्थामा औपचारिक निर्णय कुरेर बस्नुको औचित्य अब के रह्यो र ?
नेपाल पत्रकार महासंघले मन्त्रिपरिषदका निर्णयलाई तत्काल सार्वजनिक नगर्ने सरकारको निर्णयप्रति आपत्ति जनायो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।