कञ्जनपुरमा भुस्याहा कुकुरले चार लाख मूल्य बढीका कुखुरा मार्‍याे

 फागुन १०, २०८० बिहीबार १६:०:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ मा आशा ऐरको कुखरा फार्म भित्र छिरेर भुस्याहा कुकुरले चार लाख रुपैयाँ मूल्य बढीका कुखुरा मारेको छ ।  कुखुरा फार्मको तारजाली तोडेर भित्र पसेको भुस्याहा कुकुरको हुलले अण्डा दिने लेयर्स जातका छ सय वटा कुखुरा मारिदिएको छ भने सय भन्दा बढी कुखुरा घाइते बनाएको छ ।

फार्ममा १२ सय वटा कुखुरा रहेकोमा अब जम्मा पाँच सय वटा बाँकी रहेका छन् । भुस्याहा कुकुरले यसभन्दा अघि बाटो हिँड्ने बटुवालाई पनि टोक्ने गरेको थियो । नगरपालिकाले भुस्याहा कुकुर नियन्त्रण गर्नुपर्ने स्थानीयको भनाइ छ ।

अन्तिम अपडेट: मंसिर २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया