पानीमा डुबेर सिन्धुलीमा ३१ महिने बालिकाको ज्यान गयो

 फागुन १३, २०८० आइतबार १५:२३:३० | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

सिन्धुली – पानीमा डुबेर सिन्धुलीमा आज बिहान ३१ महिनाकी बालिकाको ज्यान गएको छ । पानीमा डुबेर तीनपाटन गाउँपालिका–८ महाभीरडाँडा बस्ने टङ्कबहादुर मगरको ३१ महिनाकी छोरी अनिशाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

खेल्ने क्रममा घरभन्दा पछाडि रहेको शौचालयमा प्रयोग गर्न राखिएको प्लास्टिकको पानी ट्याङ्कीमा बालिका डुबेको अवस्थामा भेटिएकी थिइन् ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया