कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह
मंसिर १२, २०८१ बुधबार
काठमाण्डौ – मिटरब्याज पीडितहरूसँग वार्ता गर्न सरकारले समिति बनाएको छ । गृह मन्त्रालयले सहसचिव रूद्रप्रसाद पण्डितको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो ।
मन्त्रालयले मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिलाई वार्ताका लागि पत्रसमेत पठाइसकेको जानकारी दिएको छ । सङ्घर्ष समितिबाट मिटरब्याज समस्या समाधानका लागि पैदलयात्रा, प्रदर्शनलगायतका आन्दोलनका कार्यक्रम भइरहेकोप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै मन्त्रालयले सहसचिव पण्डितको संयोजकत्वमा वार्ता टोली गठन गरेकाे हो ।
छलफलका लागि बढीमा पाँच सदस्यीय वार्ता टोली गठन गरी मन्त्रालयमा उपस्थित हुनु आग्रह पनि गरेको छ । यसअघि मिटरब्याज पीडितसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै पुनः न्याय माग्दै चितवनबाट पैदल हिँडेर काठमाण्डाै आइपुगेका थिए । मिटरब्याज पीडितहरूले आजदेखि उत्पयका केन्द्रित आन्दोलन शुरु गरेका छन् ।
यसअघि गएको वर्षको चैत २ गते मिटरब्याज पीडितलाई न्याय दिलाउन भनेर एक टोली ११ दिनको पैदल यात्रापछि काठमाण्डौ आएको थियो । काठमाण्डौमा झन्डै एक हप्ता आन्दोलन गरेपछि सरकार र मिटरब्याज पीडितहरूबीच चैत १८ गते पाँच बुँदे सहमति भएको थियो । सहमतिअनुसार सरकारले आयोग गठन गर्याे । झन्डै २८ हजार उजुरी परेकोमा पाँच हजार उजुरीमा मिलापत्र पनि भयो तर पनि मिटरब्याज पीडितको आन्दोलन अझै रोकिएको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।