सुनको मूल्य आज एकैदिन तोलामा दुई हजार सात सय रुपैयाँले घट्यो
बैशाख ११, २०८१ मंगलबार
काठमाडौं – अभिनेता सरोज खनालले शुरु गरेको एक्टिङ स्कुलको उद्घाटन मंसिर १ गते गरिने भएको छ ।
दसैँ र तिहारको बीचमै उद्घाटन गर्ने तयारी भए पनि दसैँ र तिहार सकेपछि यस स्कुलको उद्घाटन गर्न लागिएको हो । माला आर्टस एकेडेमी नाम राखिएको यो स्कुल दरमार्गमा रहेको बेन्ट्ले जुत्ता पसलको दोस्रो तलामा छ ।
मंसिर १ गते उद्घाटना गरेसँगै अभिनय कोर्षको शुरुवात हुने बुझिएको छ । एक्टिङ स्कुलको उद्घाटनमा सिनेमा क्षेत्रका सबै कलाकारहरुलाई निम्ता गर्ने सरोजको योजना छ । आउँदो योजना अनुरुप उहाँले सबैलाई कार्डहरु पनि पठाइरहेका छन् ।
उद्घाटन कार्यक्रममा विशेष अतिथिको रुपमा कोही नतोकिएको भन्दै सरोजले अग्रजहरु सत्यमोहन जोशी र हरिहर शर्मालाई विशेष आसनको योजना गरिरहेको बताउनुभयो ।
माला आर्टस एकेडेमी सञ्चालनमा ल्याउन ५० लाखको लगानी लागेको सरोजले बताएका छन् । यस स्कुलमा सरोज खनालका साथै चन्द्र माला शर्मा, वीरेन्द्र हमाल, सूर्य माला खनाल लगायतको पनि सहकार्य रहेको बुझिएको छ ।
भर्ना खुल्ला भइसकेको एकेडेमीमा कलाकार बन्नका लागि आवश्यक पर्ने कोर्षको प्रशिक्षण दिइने कलाकार वीरेन्द्र हमालले जानकारी दिए । तीन महिने कोर्षका लागि प्रति महिना २० हजार शुल्क तोकिएको छ ।
एउटा कोर्ष पूरा गर्न ३ महिना लाग्ने छ भने त्यसका निम्ति ६० हजार शुल्क लाग्ने छ । प्रशिक्षणमा सहभागी हुने विद्यार्थीहरुलाई विभिन्न अवसरहरु समेत दिइने छ ।
चलचित्र क्षेत्रमा लामो समय बिताएका कलाकारहरु नीर शाह, हरिहर शर्मा, गौरी मल्ल, सौगात मल्लसँगै सरोज खनाल स्वंयमले आफ्नो अनुभव साट्नेछन् ।