भीरमा अड्किएका ८ जनाको उद्धार
फागुन २६, २०८१ सोमबार
भक्तपुर – विभिन्न जिल्लाका अग्नि नियन्त्रकलाई सुरक्षित भएर आगो नियन्त्रण गर्ने उच्च प्रविधिसहितको प्रशिक्षक प्रशिक्षण तालिम भक्तपुरमा सुरु भएको छ ।
जुद्ध वारुण यन्त्र भक्तपुर र नागरिक उड्डयन प्राधिकरण सानोठिमीको संयुक्त आयोजनामा नेपालमै पहिलो पटक यो तालिम आजबाट सुरु भएको हो । जुद्ध वारुण यन्त्र कार्यालय भक्तपुरका सूचना अधिकृत विजय धौभडेलको विशेष पहलमा सञ्चालित तालिम पाँच दिनसम्म चल्ने छ ।
बेल्जियमबाट आएको ‘फायर फाइटर फर नेपाल’ को १५ जना विशेषज्ञ टोलीले पाँचदिनसम्म नेपालका ७० जनालाई तीन प्रकारको तालिम दिने कार्यालयका सूचना अधिकृत धौभडेलले जानकारी दिनुभयो ।
तालिममा ८ जनालाई पहिलो तहको प्रशिक्षक प्रशिक्षण तालिम दिएर नेपालका लागि प्रशिक्षक बनाउने, अग्नि नियन्त्रण गर्न जाँदा आगोबाट जोगिएर श्वास प्रश्वास कसरी लिने भन्नेबारेमा १२ जनालाई प्रशिक्षक तालिम र अन्यलाई अग्नि नियन्त्रणसम्बन्धी उच्च प्रकारको तालिम दिइने उहाँले जानकारी दिनुभयो ।
तालिममा भक्तपुर, ललितपुर, भैरहवा, बुटवल, वीरगञ्ज, बाग्लुङ्गका वारुण यन्त्रका कर्मचारी र गोरखा कुरिनटारमा रहेको सशस्त्र प्रहरी बल विपद व्यवस्थापनका प्रहरीहरुको सहभागिता रहेको छ ।
तालिमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले आगलागीको उच्च जोखिममा रहेको नेपालका लागि यस प्रकारको तालिम उपलब्धिमूलक भएको बताउनुभएको छ ।
उहाँले भन्नुभयो, ‘नेपालमा श्रोत र साधनको अभावका बाबजुद पनि जोखिम मोलेर नै अग्नि नियन्त्रकहरुले आगो निभाइरहेका छन्, जोखिमबाट कसरी बच्ने र छिटो कसरी आगो निभाउने भन्नेबारमा बेल्जियमको टिमसंग जतिसक्दो धेरै कुरा सिक्नु पर्छ ।’
कार्यक्रममा नागरिक उड्डयन प्राधिकरण सानोठिमी शाखाका प्रमुख देवेन्द्र केसीले यो तालिम निकै उपलब्धिमूलक रहेको बताउँदै नेपालीले बेल्जियम प्रशिक्षकबाट धेरै भन्दा धेरै कुरा सिक्नु पर्ने बताउनुभयो ।
‘फायर फाइटर फर नेपाल’का प्रमुख एवं बेल्जियम प्रशिक्षक जोहन स्कोट्सले नेपालका लागि यसप्रकारको तालिम अति आवश्यक रहेको बताउँदै प्रभावकारी रुपमा प्रशिक्षण दिइने बताउनुभयो ।
कार्यक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अग्नि नियन्त्रण विभागका निर्देशक कृष्णबहादुर थापाले नेपालभरका अग्नि नियन्त्रकहरुलाई यसप्रकारको तालिम दिनु आवश्यक रहेको बताउनुभयो ।
जुद्ध वारुण यन्त्र भक्तपुरका प्रमुख लक्ष्मण गुरागाईले तालिमपछि बेल्जियम प्रशिक्षकको टोलीले ल्याएको करिब १० करोड बरारबरको सामान प्रशिक्षणमा सहभागी हुने जिल्लाका बारुण यन्त्रालाई वितरण गरिने बताउनुभयो ।
यसप्रकारको तालिम र सामान सरकारले दिनुपर्नेमा उल्टो बेल्जियम टोलीले नेपाललाई दिन ल्याएको सामानमा समेत भन्सार लगाएर अन्याय गरेको गुनासो गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।