अर्घाखाँचीको छत्रदेवमा एक वर्षदेखि रोकियो भिडियो एक्सरे सेवा

 फागुन १६, २०८० बुधबार १८:२३:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

अर्घाखाँची – छत्रदेव गाउँपालिकामा रहेको बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा दक्ष जनशक्ति नहुँदा भिडियो एक्सरे सेवा सञ्चालन हुन सकेको छैन ।

प्राथमिक केन्द्रमा दुई वटा भिडियो एक्सरे मेसिन रहेपनि दक्ष जनशक्तिको अभावमा एक वर्षदेखि भिडियो एक्सरे सेवा सञ्चालन हुन नसकेको केन्द्रका प्रमुख विष्णु खनालले बताउनुभयो ।

अहिले सेवाग्राही भिडियो एक्सरे गर्न जिल्ला अस्पताल सन्धिखर्क र निजी क्लिनिकमा जान बाध्य छन् । सबैभन्दा बढी गर्भवती महिलाहरू मर्कामा परेका छन् ।

प्राथमिक स्वास्थ्य केन्द्रमा अर्घाखाँचीको छत्रदेव गाउँपालिका, पाणिनी गाउँपालिका र गुल्मीको छत्रकोटसम्मका सेवाग्राही आउने गरेका छन् ।

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया