बाँसबारी जग्गा प्रकरण : मालपोतले निर्णय गरेको फाइल झिकाउन सर्वाेच्चकाे आदेश

 फागुन १८, २०८० शुक्रबार १८:२१:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सर्वोच्च अदालतले बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा फिर्ता गर्न मालपोत कार्यालय डिल्लीबजारले गरेको निर्णयकाे फाइल झिकाउन आदेश दिएको छ ।

न्यायाधीशहरू आनन्दमोहन भट्टराई र टेकप्रसाद ढुङ्गानाको इजलासले आज निर्णय फाइल झिकाउन आदेश दिएको हो । मालपोत कार्यालय डिल्लीबजारले १० रोपनी जग्गा फिर्ता गर्न गएको माघ २५ गते तत्कालीन च्याम्पियन फुटवेयर प्रा.लि. अर्थात् अहिलेको चाँदबाग रेसिडेन्सी प्रा.लि. बाँसबारीको नाममा पत्र काटेको थियो । त्यही पत्रको विरुद्धमा परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले आदेश जारी गरेको हो ।

बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको भन्दै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले व्यवसायी अरुण चौधरी, कारखानाका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र सञ्जय ठाकुरलाई गएको माघ १८ गते पक्राउ गरेको थियो । उनीहरू जिल्ला अदालत काठमाण्डौको आदेशअनुसार माघ २४ गते हिरासतबाट मुक्त भएका थिए ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया