देशका धेरै ठाउँमा मौसम बदली, आज र भोलि पानी पर्ने सम्भावना

 फागुन १९, २०८० शनिबार ९:११:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँको मौसम बदली भएको छ । मधेश प्रदेशबाहेकका अरु ठाउँमा मौसम आंशिकदेखि सामान्य बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो सुुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भेगका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा तथा लुम्बिनी प्रदेशका थोरै ठाउँ र देशका बाँकी पहाडी भेगका एक दुई ठाउँमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । 

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा हल्कादेखि मध्यम हिमपातको तथा बाँकी उच्च पहाडी तथा हिमाली भेभागका एक दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका केही ठाउँहरुमा तथा लुम्बिनी प्रदेश सहित बागमती प्रदेशको पहाडी भेगका थोरै ठाउँमा हल्कादेखि मध्यम पानी पर्ने सम्भावना छ ।

यस्तै कोशी प्रदेशको पहाडी भेगका एक दुुई ठाउँमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा हल्कादेखि मध्यम हिमपातको तथा बाँकी उच्च पहाडी तथा हिमाली भेगका थोरै ठाउँहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै भोलि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेशसहित कोशी प्रदेशका पहाडी भेगका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा र मधेश प्रदेशका थोरै ठाउँमा छिटफुटदेखि हल्का वर्षा हुने सम्भावना छ ।

यसैगरी उच्च पहाडी तथा हिमाली भेगका थोरै ठाउँमा हल्कादेखि मध्यम हिमपात हुने पनि महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पर्सि सोमबारदेखि क्रमिक रूपमा मौसममा सुधार हुनेछ ।

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया