अर्घाखाँचीको सन्धिखर्कमा कुकुरको स्थायी बन्ध्याकरण शिविर

 फागुन १९, २०८० शनिबार १२:१८:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले नगरभित्र रहेका छाडा तथा घरपालुवा कुकुरको स्थायी बन्ध्याकरण तथा रेबिज खाेप अभियान शिविर शुरु गरेको छ ।

बिहान, बेलुकाको समयमा आवतजावत गर्दा मानिसलाई कुकुरले टोक्ने तथा बिहान विद्यालय तथा कलेजमा जाने विद्यार्थीलाई टोक्ने, लखेट्ने समस्या बढ्न थालेपछि नगरले कुकुर नियन्त्रण अभियान थालेको हो । सन्धिखर्कमा रहेका घरपालुवा तथा छाडा कुकुर गरी झन्डै दुई सय ५० कुकुरको स्थायी बन्ध्याकरण गर्न चार दिने शिविरको आयोजना गरेको सन्धिखर्कका मेयर कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो ।

कुकुरले टोकेपछि रेबिज रोग लाग्न सक्ने जोखिमलाई ध्यानमा राखेर कुकुरको स्थायी बन्ध्याकरण र खाेप अभियान शिविर राखेको उहाँको भनाइ छ । सन्धिखर्क नगरपालिकाको आर्थिक सहयोग, वातावरण तथा सामाजिक रूपान्तरणका लागि युवा सिद्धार्थ नगर रुपन्देहीको प्राविधिक सहयोगमा बन्ध्याकरण शिविर आयोजना गरिएको हो ।

यो अभियानले सन् २०३० भित्र नेपालमा रेबिज रोगको अन्त्य गर्न पनि सहयोग पुग्ने पायनर्स एनिमल हस्पिटल बुटवलका प्रमुख डाक्टर अविनाश क्षेत्रीले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया