काठमाण्डौ उपत्यकामा घरेलु हिंसाका एक हजार वटाभन्दा धेरै उजुरी

 फागुन १९, २०८० शनिबार १५:३६:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – काठमाण्डौ उपत्यकामा छ महिनामा घरेलु हिंसाका एक हजार वटाभन्दा धेरै उजुरी परेका छन् । चालु आर्थिक वर्षको साउनदेखि पुससम्म छ महिनामा घरेलु हिंसाका आठ हजार दुई सय आठ वटा मुद्दा दर्ता भएका छन् ।

जसमध्ये काठमाण्डौ उपत्यकामा मात्रै एक हजार दुई सय २३ जनाले घरेलु हिंसाका उजुरी दर्ता गरेका नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार घरेलु हिंसाका कारण आठ हजार दुई सय १४ जना पीडित भएका छन् । तीमध्ये सात हजार चार सय एक जना महिला र आठ सय १३ जना पुरुष छन् ।

अन्तिम अपडेट: साउन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया