पाेखरामा माेटरसाइकल दुर्घटना हुँदा दुई जनाकाे ज्यान गयाे

 फागुन १९, २०८० शनिबार १८:२३:११ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

कास्की – पोखरामा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएकाे छ ।

पोखरा महानगरपालिका–७ बुलौदीमा माेटरसाइकल दुर्घटना हुँदा कैलीलीका २८ वर्षीय महेश आचार्य र ३० वर्षीय शैलेन्द्रकुमार उपाध्यायकाे ज्यान गएकाे वडा प्रहरी कार्यालय बैदामले जनाएकाे छ ।

हल्लन चोकबाट जिरोकिलोमिटरतर्फ गुडिरहेकाे बागमती प्रदेश ०२–३४ प ५६२१ नम्बरको मोटरसाइकल सडकको डिभाइडरमा ठाेकिँदा माेटरसाइकलमा सवार आचार्य र उपाध्याय घाइते भएका थिए । उनीहरूकाे उपचारका क्रममा गण्डकी मेडिकल कलेजमा ज्यान गएकाे प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया