भूकम्पले ढालेको काठमाण्डौ महानगर–१ को गरुढ मूर्ति पुनर्स्थापना

 फागुन १९, २०८० शनिबार १६:५०:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – २०७२ सालको भूकम्पले भत्काएको काठमाण्डौको हिटीपोखरीको गरुढ प्रस्तर मूर्ति पुनर्स्थापना गरिएको छ । महानगरपालिकाको सम्पदा तथा पर्यटन विभाग, वातावरण व्यवस्थापन विभाग, महानगर प्रहरी बल, वडा कार्यालय र स्थानीयवासीकाे सहभागितामा मूर्तिको आसन र मूर्ति पुनर्स्थापना भएकाे हाे ।

यो मूर्ति काठमाण्डौ महानगरपालिका वडा नम्बर १ मा पर्छ । भूकम्पको कम्पनले पोखरी छेउमा रहेको फल्चा भत्किएको थियो । फल्चा भत्किँदा मूर्ति ढालेको थियो । अब फल्चा पुनर्निर्माण गराउने वडाध्यक्ष भरतलाल श्रेष्ठले बताउनुभयो ।

परम्परागत हिटी, पोखरी र यससँग सम्बन्धित भौतिक संरचना पुनर्स्थापना आफूहरूको प्राथमिक काम रहेको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो । मूर्ति राखेपछि पोखरीमा गहना थपिएको जस्तै भएको वडा सदस्य शुभरत्न खड्गीले बताउनुभयो ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया