बाजुराको खप्तड छेडेदहमा ‘मर्यादित महिनावारी व्यवस्थापन कार्यविधि २०८०’ पारित

 फागुन १९, २०८० शनिबार १८:२२:५ | उज्यालो सहकर्मी
unn.prixa.net

बाजुरा – खप्तड छेडेदह गाउँपालिकाले ‘मर्यादित महिनावारी व्यवस्थापन कार्यविधि २०८०’ पारित गरेको छ । गाउँपालिकाको १४ औँ हिउँदे अधिवेशनमा पेस भएको कार्यविधि गाउँ सभाको बैठकले सर्वसम्मत पारित गरेको गाउँपालिकाकी उपाध्यक्ष बिसुदेवी नाथले जानकारी दिनुभयो ।

सामाजिक कुप्रथाका रूपमा रहेको छाउपडी प्रथा निवारण र महिलालाई गरिने विभेद अन्त्य गर्नका लागि कार्यविधि ल्याइएको उहाँले बताउनुभयो । छाउपडी प्रथालाई पालिकास्तरबाट नै निवारण गर्ने गरी कार्यविधि ल्याएको उहाँकाे भनाइ थियाे ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया