'कोलम्बो प्रोसेस'को बैठक काठमाडौंमा सुरु

 कात्तिक २९, २०७५ बिहीबार १०:२८:५६ | उज्यालो सहकर्मी

काठमाडौं – आप्रवासी श्रमिकको हक हितका लागि साझा मुद्दा तय गर्न कोलम्बो प्रोसेस को बैठक काठमाडौंमा सुरु भएको छ । बैठकमा सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनका लागि विश्वव्यापी सम्झौता जिसिएम र कोलम्बो प्रोसेसबिचको अन्तरसम्बन्ध, जिसिएम कार्यान्वयनलगायत विषयमा छलफल हुनेछ । 

आजको बैठकमा उच्च सरकारी अधिकारीहरु सहभागी हुने र भोलि मन्त्रीस्तरीय बैठक हुने श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डाक्टर नारायण रेग्मीले जानकारी दिनुभयो ।

कोलम्बो प्रोसेस वैदेशिक रोजगारमा कामदार पठाउने एशियाली राष्ट्रको साझा मञ्च हो । नेपालसहित अफगानिस्तान, बङ्गलादेश, कम्बोडिया, चीन, भारत, इण्डोनेसिया, पाकिस्तान, फिलिपिन्स, श्रीलङ्का, थाइल्याण्ड र भियतनाम कोलम्बो प्रोसेसका सदस्य देश हुन् । कोलम्बो प्रोसेसमा १२ सदस्य देश र आठ पर्यवेक्षक देश छन् । सन् २०१७ मार्च २९ देखि नेपालले कोलम्बो प्रोसेसको अध्यक्षता गरिरहेको छ । 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया