रामेछापमा भिरबाट लडेर एक युवकको ज्यान गयो

 फागुन ३०, २०८० बुधबार १५:५८:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

रामेछाप – दोरम्बा शैलुङ गाउँपालिका–७ लखनपुरका २२ वर्षका विशाल घतानीको भिरबाट लडेर ज्यान गएको छ ।

घतानी शैलुङ–४ जर्गामा रहेको मामाघर गएर फर्किने क्रममा छिरिङ भिरभन्दा तल चौरी खोलामा मृत अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । मामाघर गएका घतानी घर नफर्किएपछि परिवारका सदस्यले खोजी शुरु गरेका थिए ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया