भीरमा अड्किएका ८ जनाको उद्धार
फागुन २६, २०८१ सोमबार
काठमाडौं – आप्रवासी श्रमिकहरुको साझा संगठन कोलम्बो प्रोसेसका उच्च अधिकारीहरुको पाचौ बैठक राजधानी काठमाडौंमा सुरु भएको छ ।
राजधानी काठमाडौंको होटल सोल्टीमा बिहीबार सुरु भएको कोलम्बो प्रोसेसका उच्च अधिकारीहरुको पाचौँ बैठकले शुक्रबार हुने कोलम्बो प्रोसेसका सदस्य राष्ट्रबीचको छैटौँ मन्त्रीस्तरीय परामर्श बैठकका लागि प्रतिवेदन तयार गर्नेछ ।
आप्रवासी कामदारको हक हित र सुरक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको कोलम्बो प्रोसेसका उच्च अधिकारीहरुको पाचौँ बैठकले आप्रवासी श्रमिकका मानवअधिकार, सुरक्षा सुनिश्चितता लगायत अवसर चुनौतीका बारेमा समूहगत छलफल गरी निष्कर्षसहितको प्रतिवेदन तयार पार्ने छ ।
अध्यक्ष राष्ट्रका हैसियतले उच्च अधिकारीहरुको पाँचाैँ बैठकको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले उद्घाटन गर्नुभयो । बैठकलाई सम्बोधन गर्दे मन्त्री विष्टले कोलम्बो प्रोसेसले आप्रवासी श्रमिकका चुनौती सम्बोधन गर्न आवश्यक रणनीति, साझेदारी र सामूहिक प्रयासको सहजीकरण गर्न महत्वपूर्ण अवसर प्रदान गर्ने बताउनुभयो ।
पछिल्लो समय कोलम्बो प्रोसेस श्रम आप्रवासन, श्रमिकको उद्गम मुलुक र गन्तव्य मुलुक दुवैको विकासका लागि महत्वपूर्ण माध्यम बन्दै आएको छ । मन्त्री विष्टले आप्रवासी श्रमिकका क्षेत्रमा देखिएका समस्या समाधानका लागि कोलम्बो प्रोसेसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।
बिहीबारको बैठकमा कोलम्बो प्रोसेसका सदस्य राष्ट्रले सहमति गरेका कन्सुलर सहायता, आप्रवासन म्बन्धी दीगो विकासको लक्ष्य कार्यान्वयन, आप्रवासी कामदारको स्वास्थ तथा महिला आप्रवासी कामदारको समानाताको प्रवद्र्धनका विषयमा छलफल गरी साझा चुनौतीका रुपमा रहेका विषयहरुमा सामूहिक र प्रभावकारी प्रयत्नका लागि काठमाडाैं घोषणापत्र तयार पार्ने छ । आप्रवासी कामदारको हितका लागि तयार पारिएको काठमाडाैं घोषणा पत्रलाई शुक्रबार बस्ने कोलम्बो प्रोसेसका सदस्य राष्ट्रको मन्त्रीस्तरीय परामर्श बैठकले अनुमोदन गरी जारी गर्ने छ ।
कोलम्बो प्रोसेस वैदेशिक रोजगारीमा कामदार पठाउने एसियाली राष्ट्रको साझा मञ्च हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।