भीरमा अड्किएका ८ जनाको उद्धार
फागुन २६, २०८१ सोमबार
काठमाडौं - नगरकोटका व्यापारीहरुले दोहोरो पर्यटन शुल्क तत्काल खारेज गर्न माग गर्दै बिहीबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।
नगरकोट आउने पर्यटकहरुलाई भगाउने गरी दोहोरो पर्यटन शुल्क स्थानीय सरकारले लिन थालेको भन्दै स्थानीय व्यापारीहरुले तत्काल खारेज गर्न सरकारसँग माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।
स्थानीय निकायले पर्यटकहरुमाथि लुटेरा शैलीमा दोहोरो पर्यटन शुल्क लिएपछि पर्यटन व्यवसाय नै समस्यामा परेकाले समाधानका लागि सरकारलाई दबाब दिन प्रर्दशन गर्नु परेको स्थानीय व्यापारी गोकुल शर्माले जानकारी दिनुभयो ।
चाँगुनारायण नगरपालिका र मण्डन–देउपुर नगरपालिका दुवैले पर्यटकहरुलाई शुल्क लिन थालेपछि त्यहाँ पर्यटकहरु नजाने वातावरण बनेकाे स्थानीय व्यापारीहरुको भनाई छ ।
व्यापारी शर्माले पर्यटक आकर्षण गर्नका लागि सरकारले पूर्वाधार विकासमा जोड दिन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भयो ।
पर्यटकहरुलाई भगाउने खालका गतिविधि स्थानीय सरकारले गरेपछि त्यसको विरोध गर्नुपर्ने अवस्था आएको नगरकोटका अर्का व्यापारी योगेन्द्र शाक्यले बताउनु भयो । उहाँले दोहोरो शुल्क लिएर पर्यटकहरु भगाउने काम गरे त्यो कसैको पनि हितमा नहुने चेतावनीसमेत दिनु भयो ।
स्थानीय व्यापारीहरुले पर्यटकहरुको आगमनलाई सहज बनाउन पूर्वाधार अन्तरगत पर्यटक बस पार्क, सार्वजनिक शौंचालय निर्माण गर्न पनि सरकारलाई पटक–पटक आग्रह गर्दै आएका छन । तर त्यसको सुनुवाई नभएको पनि स्थानीय व्यापारीको गुनासो छ ।
उनीहरुले दोहोरो पर्यटन शुल्क लिने काम स्थानीय तहले तत्काल बन्द नगरे नगरकोटमा पर्यटकहरु नआउनेतर्फ पनि सचेत गराएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।