तारेभिरमा मृत अवस्थामा भेटिएकी सुस्माको हत्या आरोपमा एक जना पक्राउ

 चैत ३, २०८० शनिबार १५:४९:१० | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ — तारेभिरमा मृत अवस्थामा भेटिएकी सुस्मा लामाको हत्या आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका–३ का २१ वर्षीय रुपेन्द्र लामा रहेका छन् ।

१२ कक्षामा अध्ययनरत १८ वर्षीया सुस्मा लामालाई हत्या गरेर गाडेको अवस्थामा फागुन २५ मा प्रहरीले शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रको तारेभिरबाट शव उत्खनन् गरेको थियो । आरोपी लामालाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया