च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डौ – खोटाङमा डढेलो फैलिएर बस्तीमा पस्दा चार वटा घर जलेका छन् । सामुदायिक वनमा लागेको डढेलोले हलेसी तुवाचुङ नगरपालिकामा दुई घर र ऐँसेलुखर्क गाउँपालिकामा दुई घर जलेका हुन् ।
स्थानीय राते खोला सामुदायिक वनमा लागेको डढेलोले हिजो हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ज्ञानमाया राईको घर र गोठ, देवराज राईको घर र दुई वटा गोठ तथा ईश्वरमाया राईको गोठ जलेको हो ।
यस्तै, सतिदेवी र खेमकाजी सामुदायिक वनमा डढेलोले ऐँसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका खुतप्रसाद फुयाँल र बुद्धिनाथ लम्सालको घर जलेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिनुभयो । त्यही ठाउँका युवराज राईको गाई गोठ र बाख्राको खोर जलेको छ ।
डढेलोले ज्ञानमायाको घरसहित ३ वटा खसी, ५ वटा बाख्रा, १ वटा गोरु, एक थाँक्रो मकै, १० मुरी धान, १० वटा कुखुरा, ५ मुरी दाल, कोदो र गहत, ६० थान काठ, भाँडाकुँडा, लत्ताकपडा जलेको छ ।
देवराजको घर सहित चारवटा खसी, एउटा बाख्रा, ६ वटा पाठापाठी, ८ मुरी मकै, ५० थान काठ जलेको धितुङका वडाध्यक्ष टेकराज राईले बताउनुभयो । वडाध्यक्ष राईका अनुसार ईश्वरमाया राईको गोठसहित घाँसपात, काठपातलगायत जलेको छ ।
यस्तै, ज्यामिरेका खुतप्रसादको घरसहित खाद्यान्न, लत्ताकपडा, कागज–पत्र, १५ वटा कुखुरा जल्दा २० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान छ । बुद्धिनाथको घरसहित भाँडाकुँडा, लत्ताकपडा, ६० वटा बाख्रालगायत जलेको प्रहरीले जनाएको छ ।
युवराजको गाई गोठ र बाख्रा खोरसहित भाँडाकुँडा, ६० थान काठ, १० थान जस्ता जल्दा २ लाख रुपैयाँ बराबरको क्षति भएको छ । खोटाङका विभिन्न जङ्गलमा डढेलो फैलिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।