माओवादीको पार्टी पदाधिकारी बैठकमा महरा पक्राउ परेको विषयमा छलफल

 चैत ६, २०८० मंगलबार १२:३४:७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – माओवादी केन्द्रको पार्टी पदाधिकारी बैठकमा पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेको विषयमा छलफल भएको छ । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा उपाध्यक्ष महरा पक्राउ परेको सम्बन्धमा छलफल भएको हो ।

छलफलपछि पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले उपाध्यक्ष महरा पक्राउ परेको विषयमा पदाधिकारी बैठकमा छलफल भएको र अर्को बैठक बसेर आवश्यक निर्णय गर्ने बताउनुभयो ।

सुन तस्करी प्रकरणमा हिजो महरालाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले महरालाई पक्राउ गरेर हिरासतमा राख्न अनुमति माग गर्दै हिजो नै जिल्ला अदालतमा पेस गरेको थियो ।

जिल्ला अदालत काठमाण्डौले महरालाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । साथै महराको स्वास्थ्य अवस्थाका कारण अस्पतालमा राख्न आदेश दिएको थियो । आदेशपछि महरा काठमाण्डौको थापाथलीमा रहेको नर्भिक अस्पतालमा भर्ना भएका छन् ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया