ललितपुरका मेयर महर्जन अमेरिका भ्रमणमा

 चैत ६, २०८० मंगलबार १५:१८:८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन अमेरिका भ्रमणमा जानुभएको छ । अमेरिकामा आयोजना हुने यातायातको रूपान्तरण विषयक छलफल कार्यक्रममा भाग लिन मेयर महर्जन हिजो अमेरिका प्रस्थान गर्नुभएको महानगरपालिकाले जनाएको छ ।

कार्यक्रममा वातावरण संरक्षण र सहरको सौन्दर्यीकरणका लागि बिजुली गाडीको आवश्यकता, साइकलमैत्री सहर निर्माण, साइकलका लागि पूर्वाधार निर्माण, व्यस्त सहरमा पार्किङको व्यवस्थापन लगायतका विषयमा छलफल हुनेछ । कार्यक्रममा दक्षिण एसियाका अन्य देशहरूको पनि सहभागिता रहनेछ ।

यस्तै कार्यक्रममा सहभागी देशहरूले सडक पूर्वाधार, सार्वजनिक गाडी र सडक सुरक्षाका लागि अवलम्बन गरेका असल अभ्यासका बारेमा प्रस्तुति हुनेछ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया