अपाङ्गता भएका व्यक्तिको हेरचाह गर्नेलाई मुसिकाेटले मासिक १ हजार रुपैयाँ दिने

 चैत ८, २०८० बिहिबार १५:३४:३ | उज्यालो सहकर्मी
unn.prixa.net

गुल्मी – मुसिकोट नगरपालिकाले अपाङ्गता भएका व्यक्तिको हेरचाह गर्ने संरक्षकलाई मासिक एक हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । अपाङ्गता भएका व्यक्तिको हेरचाह गर्ने संरक्षकलाई सहयोगस्वरूप सुविधा प्रदान गर्न लागेको नगरपालिकाका मेयर जीवलाल खरेल ‘जीवन’ ले जानकारी दिनुभयो ।

नगरभित्रका अपाङ्ताको (क) वर्गका परेका ९५ जनामध्येबाट छनोट गरी अति अशक्त अपाङ्गता भएकाको हकमा मासिक एक हजार रुपैयाँ नगरपालिकाले उपलब्ध गराउने छ । कार्यपालिका बैठकले पारित गरेको कार्यविधिअनुसार आफ्नो स्याहार आफैँ गर्न नसक्ने नागरिकको संरक्षकलाई सहयोग गर्ने निर्णय गरेको हो ।

अपाङ्गता भएकालाई सीप मूलक कार्यक्रम सञ्चालन गरेर जीविकोपार्जनमा थप सहयोग पुर्‍याउने योजना बनाएको उपमेयर गङ्गाकुमारी श्रेष्ठले बताउनुभयो । मुसिकोट नगरपालिकाभित्र चार सय ४४ जना अपाङ्गता भएका व्यक्ति रहेका छन् ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया