नगरपालिकाले महसुल नतिरेपछि प्राधिकरणले कुश्मा बजारका सडक बत्ती र सरकारी कार्यालयको लाइन काट्याे

 चैत ८, २०८० बिहिबार १५:४०:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

पर्वत – नेपाल विद्युत् प्राधिकरणले महसुल नतिर्ने पर्वतकाे सदरमुकाम कुश्मा बजारका सडक बत्ती र केही सरकारी कार्यालयको बिजुली काटिदिएको छ ।

लामो समयदेखिकाे बक्याैता रकम नतिरेको भन्दै प्राधिकरणकाे पर्वत वितरण केन्द्रले चार दिनअघि लाइन काटिदिएकाे हाे । लाइट काटिएपछि बजार क्षेत्रसँगै केही सरकारी निकाय चार दिनदेखि अन्धकार बनेका छन् ।

वितरण केन्द्रले कुश्मा नगरपालिकाअन्तर्गतका सबै सडक बत्ती काटिदिएको हो । नगरपालिकाले २०७५ सालदेखि सडक बत्ती, नगरपालिकाअन्तर्गत रहेको प्रहरी बिट, स्वास्थ्य एकाइलगायत ठाउँको महसुल नबुझाएपछि लाइन नै काट्नुपरेको वितरण केन्द्रले जनाएको छ । नगरपालिकाले ७४ लाख २० हजार रुपैयाँ प्राधिकरणलाई बुझाउन बाँकी छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया