नेपालमा पहिलो पटक महिला न्यायाधीशको राष्ट्रिय सम्मेलन

 चैत ९, २०८० शुक्रबार १२:१५:४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – नेपालमा पहिलो पटक महिला न्यायाधीशको राष्ट्रिय सम्मेलन शुरु भएको छ । ‘न्यायिक प्रणालीमा लैङ्गिक समानताको अभिवृद्धि : हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ सम्मेलन आजदेखि काठमाण्डाैमा शुरु भएको हो ।

महिला न्यायाधीशको समस्या, चुनौती पहिचान गरी व्यावसायिक दक्षता वृद्धि गर्ने उद्देश्यले राष्ट्रिय न्यायिक प्रतिष्ठान र न्यायाधीश समाज नेपालले संयुक्तरूपमा सम्मेलन आयोजना गरेको सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले बताउनुभयो ।

सम्मेलनमा न्याय क्षेत्रमा महिलाको प्रभावकारी सहभागिता वृद्धिलगायत समग्र विषयमा छलफल हुनेछ । भोलिसम्म चल्ने सम्मेलनमा न्यायिक समुदायभित्र सहयोग, सशक्तीकरण र वकालतको अनुभव, विचार आदानप्रदान गर्नुका साथै न्यायिक क्षेत्रमा काम गर्ने महिलाबीच एकता र सञ्जाल निर्माण, नेतृत्व विकासलगायतको विषयमा छुट्टाछुट्टै कार्यशाला हुनेछ ।

सम्मेलनमा महिला न्यायाधीशसहित न्याय सेवा, कानुन सेवा र सरकारी वकिल महिलाको सहभागिता छ ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया