सुक्खा फोहोर बिक्री गरी आय सङ्कलनका लागि काठमाण्डौ महानगरको प्रस्ताव आह्वान

 चैत ९, २०८० शुक्रबार १५:३५:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले सुक्खा फोहोर बिक्री गरी आय सङ्कलनका लागि प्रस्ताव आह्वान गरेको छ । वातावरण व्यवस्थापन विभागले आज सूचना निकालेर आन्तरिक राजस्व कार्यालयमा भ्याट दर्ता भएका व्यक्ति, कम्पनी वा फर्महले ३० दिनभित्र सुक्खा फोहोर खरिदका लागि प्रस्ताव पेस गर्न आह्वान गरेको हो ।

महानगरले विभिन्न वडाबाट टेकु ट्रान्सफर स्टेसनमा दैनिक रुपमा सङ्कलन हुने सुक्खा फोहोर बिक्रीका लागि प्रस्ताव आह्वान गरेको हो । प्लाष्टिक, कपडालगायतका २९ वटा सामग्रीलाई सुक्खा फोहोर भन्ने गरिएको विभागका प्रमुख नविनमान श्रेष्ठले बताउनुभयो । सुक्खा फोहोर बिक्री गरी आय सङ्कलनका लागि प्रस्ताव आह्वान गरिएको नेपालमै यो पहिलो पटक भएको उहाँको भनाई छ ।

आम्दानीअनुसार रकम वातावरणको क्षेत्रमा लगानी हुनेछ । सुक्खा फोहोर खरिदका लागि प्राप्त प्रस्तावहरु आउँदो वैशाख १० गते कार्यालयको वातावरण व्यवस्थापन विभागमा कर्मचारी एवम् उपलब्ध प्रस्ताव दाताहरुको रोहबरमा खोलिने सूचनामा उल्लेख छ । काठमाण्डौको टेकुमा हरेक दिन दुई सय टन फोहोर संकलन हुने गर्छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया