तराईमा आज हर्षोल्लासपूर्वक होली पर्व मनाईंदै

 चैत १२, २०८० सोमबार ६:२२:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्बिर

काठमाण्डौ – तराईका जिल्लामा आज हर्षोल्लासपूर्वक होली पर्व मनाईंदैछ । तराईका बासिन्दाको बसोबास रहेका काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रका कतिपय ठाउँमा आज पनि होलीको रौनक छ । होलीमा परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।

होली पर्वको अवसरमा सरकारले आज तराईका जिल्लाहरुमा विदा दिएको छ । प्रहरीले होली पर्वलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण बनाउन अनुरोध गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले हिजोदेखि भोलिसम्मका लागि देशभर झण्डै ३० हजार प्रहरी जनशक्ति होलीकै सुरक्षाको लागि परिचालन गरिएको जानकारी दिनुभयो ।

सादा पोसाक, मोबाइल गस्ती, सवारी, पैदल गस्तीसहित देशभर प्रहरी परिचालन भएका छन्, । विशेष गरी नेपाल–भारतको सीमा क्षेत्रको सुरक्षामा विशेष कडाइ गरिएको छ । होली पर्व सौहाद्र्धपूर्ण रहोस् भन्ने उद्देश्यसहित विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको प्रहरीले जनाएको छ ।

प्रहरीले ढुक्कसँग मर्यादित भएर होली मनाउन पनि सबैमा आग्रह गरेको छ । होलीमा अनुमति विपरीत कसैलाई पनि रङ दल्न, लोला हान्न, अनावश्यक हो–हल्ला गर्न, झै–झगडा गर्नेलगायतका उच्छृङ्खल गतिविधि नियन्त्रणमा ल्याउँदै तत्काल कारबाही गरिने प्रवक्ता ढकालले बताउनुभयो ।

काठमाण्डौ उपत्यकासहित पहाडी र हिमाली क्षेत्रमा भने हिजो होली पर्व मनाइएको छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया