ढोलाहिटीमा दुई जना युवाको हत्या गरेको आरोपमा चार जना पक्राउ, एक जना फरार

 चैत १३, २०८० मंगलबार १४:५८:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – ढोलाहिटीमा अस्ति आइतवार राति दुई जनाको हत्या गरेको आरोपमा चार जना पक्राउ परेका छन् । आज ललितपुर प्रहरीले पत्रकार सम्मेलन गरी पक्राउ पर्ने होटल सञ्चालकसहित चार जनालाई सार्वजनिक गरेको हो । घटनामा संलग्न एक जना आरोपी फरार रहेको ललितपुर प्रहरी प्रमुख एसएसपी शेखर खनालले जानकारी दिनुभयो ।

हत्याको आरोपमा खोटाङ घर भई जैनखेल बस्ने होटल डिप्रस्पाइनका सञ्चालकहरु ३१ वर्षीय विजय राई र खुमलटार बस्ने ३० वर्षीय सुलभ राई पक्राउ परेका छन् । यस्तै भोजपुर घर भई जैनखेल बस्ने ३८ वर्षीय विशाल हाड मुकारूङ राई र गोकर्णेश्वर घर भई सानागाउँ बस्ने २५ वर्षीय छेबिहाङ राई पनि पक्राउ परेका हुन् ।

अर्का आरोपी पाजु गुरुङ फरार रहेको एसएसपी खनालले बताउनुभयो । अरु आठ जना व्यक्तिलाई पनि नियन्त्रणमा लिएर सोधपुछ भइरहेको उहाँले बताउनुभयो ।

पुरानो रिसिबी, नराम्रो व्यवहार देखाएको र अपशब्द बोलेको निहुँमा विवाद सिर्जना भएर झडप भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न पाँच जनालाई प्रहरीले कर्तव्य ज्यान सम्बन्धी मुद्दा चलाएको छ ।

अस्ति होलीको दिन ढोलाहिटीको रेष्टुरेन्टमा झडप हुँदा सुनसरीको धरान घर भई ढोलाहिटी बस्ने २८ वर्षीय रोवस राई र पाँचथर घर भई खुमलटार बस्ने ३० वर्षीय पुजन राईको हत्या भएको थियो । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया