सहलेशलाई पेनाल्टीमा हराउँदै एनआरटी क्लब फाल्गुनन्द गोल्डकपको स...
पुस ११, २०८१ बिहिबार
काठमाण्डौ – रियाल, रिगिंट, दिर्हाम, दिनार लगायत आज सबै विदेशी मुद्राको भाउ बढेको छ । तर कोरियन वनको मूल्य भने घटबढ भएको छैन ।
नेपाल राष्ट्र बैंकले शुक्रबार लागि अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ७१ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३१ पैसा तोकेको छ । हिजो खरिददर ११३ रुपैयाँ ४८ पैसा र बिक्रीदर ११४ रुपैयाँ ०८ पैसा तोकेको थियो ।
यस्तै साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ३२ पैसा र बिक्रीदर ३० रुपैयाँ ४८ पैसा छ । बिहीबार खरिददर ३० रुपैयाँ २६ पैसा र बिक्रीदर ३० रुपैयाँ ४२ पैसा थियो ।
शुक्रबार कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३९ पैसा तोकिएको छ । अघिल्लो दिन खरिददर ३१ रुपैयाँ १७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३३ पैसा रहेको थियो ।
आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९६ पैसा र बिक्रीदर ३१ रुपैयाँ १२ पैसा छ । बिहीबार खरिददर ३० रुपैयाँ ९० पैसा र बिक्रीदर ३१ रुपैयाँ ०६ पैसा थियो ।
मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ८८ पैसा र बिक्रीदर २८ रुपैयाँ ०३ पैसा छ । हिजो बिहीबार खरिददर २७ रुपैयाँ ९० पैसा र बिक्रीदर २८ रुपैयाँ ०५ पैसा थियो ।
यस्तै शुक्रबार कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ५१ पैसा तोकिएको छ । हिजो खरिददर ३७३ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ७१ पैसा थियो ।
आज बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३०३ रुपैयाँ २० पैसा छ । हिजो बिहीबार खरिददर ३०१ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३०२ रुपैयाँ ६१ पैसा थियो ।
शुक्रबार कोरियन वनको मूल्य घटबढ भएको छैन । बिहीबार जस्तै आज शुक्रबार पनि एक सयको खरिददर १० रुपैयाँ ११ पैसा र बिक्रीदर १० रुपैयाँ १६ पैसा रहेको छ ।