डलरलगायतका केही विदेशी मुद्राको भाउ बढ्यो
पुस १२, २०८१ शुक्रबार
काठमाण्डौ – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले भारतीय ब्याटर विराट कोहलीलाई म्याच फिको २० प्रतिशत जरिमाना लगाएको छ । यससँगै उनको अनुशासनात्मक रेकर्डमा एक डिमेरिट पोइन्ट अर्थात् अयोग्यता अङ्ग पनि थपिएको छ ।
मेलबर्नमा भइरहेको चौथो टेस्टको पहिलो दिन १०औं ओभरपछि कोहलीले जानीजानी अस्ट्रेलियाबाट पहिलो खेल खेलेका १९ वर्षका ब्याटर साम कोनस्टासलाई धकेलेका थिए । कोहलीले धकेलेपछि कोन्स्टासले तुरुन्तै उनीप्रति हेर्दै जवाफ फर्काएका थिए । त्यसपछि अर्का ओपनगर उस्मान ख्वाजा र अम्पायर माइकल गफले झगडालाई कम गराएका थिए ।
अष्ट्रेलियाका खेलाडी कोनस्टासले लगातार छक्का हानेर छिटो छिटो रन बनाएपछि भारतीय खेलाडी आक्रोसित भएका थिए । बुमराहविरुद्ध ३३ बलमा ३४ र मोहम्मद सिराजविरुद्ध १९ बलमा २० रन बनाएका कोन्स्टासले छ चौका र दुई छक्कासहित ६५ रन बनाएर आउट भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।