आईपीएल क्रिकेटमा आज पञ्जाब र बेङ्गलुरु तथा मुम्बई र चेन्नई खेल्दै
बैशाख ७, २०८२ आइतबार
पाँचथर – वैदेशिक रोजगारीकाे सिलसिलामा मलेसिया पुगेका पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ नवमिडाँडाका हेमलाल दुलाल सुतैको ठाँउमा मृत फेला पर्नुभएको छ।
परिवारका अनुसार तीन महिनाअघि मलेसिया पुगेका दुलाल बुधबार बिहान सुतेकै ठाउँमा मृत भेटिनुभएको हो ।
यसअघि पनि पटकपटक वैदेशिक रोजगारीमा गएर फर्किएका दुलाल पछिल्लो पटक गएको असोज १६ गते मलेसिया जानुभएको थियोे । मृत्युको कारण भने खुलेका छैन ।
मृतक दुलालको श्रीमती, एक छोरा र एक छोरी छन् ।