आईपीएल क्रिकेटमा आज पञ्जाब र बेङ्गलुरु तथा मुम्बई र चेन्नई खेल्दै
बैशाख ७, २०८२ आइतबार
काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा हिजो भएका खेलमा गुजरात टाइटन्स र लखनउ सुपर जायन्टस् विजयी भएका छन् । पहिलो खेलमा गुजरातले दिल्ली क्यापिटल्सलाई सात विकेटले हरायो ।
दिल्ली क्यापिटल्सले दिएको दुई सय चार रनको लक्ष्य पछ्याएको गुजरातले १९ ओभर तीन बलमा तीन विकेट गुमाएर भेटायो । त्यसअघि अहमदाबादमा टस हारेर ब्याटिङ गरेको दिल्लीले आठ विकेट गुमाएर दुई सय तीन रन बनायो । गुजरात सात खेलमा १० अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । समान खेलमा दिल्ली १० अङ्कसहित दोश्रो स्थानमा छ ।
यस्तै हिजै भएको अर्को खेलमा लखनउ जसुपर जायन्टस्ले राजस्थान रोयल्सलाई दुई रनले हराएको छ । लखनउले दिएको एक सय ८१ रनको लक्ष्य पछ्याएको राजस्थान २० ओभरमा पाँच विकेट गुमाएर एक सय ७८ रन मात्रै बनाउन सक्यो ।
त्यसअघि जयपुरमा टस जितेर ब्याटिङ गरेको लखनउले पाँच विकेट गुमाएर एक सय ८० रन बनायो । लखनउ आठ खेलमा १० अङ्कसहित तालिकाको चौथो स्थानमा छ । समान खेलमा राजस्थान चार अङ्कसहित आठौं स्थानमा छ । आईपीएल क्रिकेटमा आज पञ्जाब किङ्ग्स र रोयल च्यालेन्जर्स बैङ्ग्लुरु तथा मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्ग्सबीच खेल हुँदैछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।