नेपाल सुपर लिगको एलिमिनेटरमा आज चितवन र पोखरा खेल्दै

 वैशाख ७, २०८२ आइतबार ८:५६:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल सुपर लिग (एनएसएल) फुटबलको एलिमिनेटरमा आज चितवन एफसी र पोखरा थण्डर्स खेल्दैछन् । खेल त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुका ६ बजे शुरु हुनेछ ।

यो खेलको विजेताले दोस्रो क्वालिफायरमा बुधवार धनगढीसँग खेल्नेछ भने पराजित हुने टोली बाहिरिनेछ । लिग चरणमा चितवन तेस्रो र पोखरा चौथो हुँदै प्लेअफमा प्रवेश गरेका हुन् ।

हिजो भएको पहिलो क्वालिफायरमा धनगढी एफसीलाई २–१ गोलले हराउँदै ललितपुर फाइनलमा पुगिसकेको छ । तेस्रो संस्करणको एनएसएलको फाइनल खेल आउँदो शनिवार हुनेछ । 

अन्तिम अपडेट: बैशाख ७, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया