ललितपुर सिटी एफसी नेपाल सुपर लिगको फाइनलमा प्रवेश

 वैशाख ७, २०८२ आइतबार ६:११:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा प्रवेश गरेको छ । हिजो भएको पहिलो क्वालिफायरमा धनगढी एफसीलाई २–१ गोलले हराउँदै ललितपुर फाइनलमा प्रवेश गरेको हो ।

दशरथ रङ्गशालामा भएको खेलमा ललितपुरका पापा केवे र केर्भन्स बेलफर्टले एक–एक गोल गरे । यस्तै धनगढीका जर्ज प्रिन्स कार्कीले एक गोल गरे ।

पराजित भएको धनगढीले दोस्रो क्वालिफायरमा आज चितवन र पोखराबीच हुने एलिमिनेटर खेलको विजेतासँग खेल्ने छ । दोस्रो क्वालिफायरको खेल बुधवार र तेस्रो संस्करणको एनएसएलको फाइनल खेल आउँदो शनिवार हुनेछ । 

अन्तिम अपडेट: बैशाख ७, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया