आठ वर्षअघि मलेसिया गएका  बुद्धिमानको डुबेर ज्यान गयो

 पुस २७, २०७६ आइतबार १६:५७:५२

रामकुमार थापा/धादिङ

वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका बुद्धिमान तामाङको शुक्रबार पोखरीमा डुबेर ज्यान गएको छ ।

धादिङको थाक्रे गाउँपालिका घर भएका बुद्धिमानको माछालाई आहारा हाल्ने क्रममा पोखरीमा डुबेर ज्यान गएको उहाँका बुवा चन्द्रबहादुर तामाङले बताउनुभयो ।बुद्धिमान मलेसियाको क्वालालाम्पुरमा रहेको य सुन यक्वाकल्टर कम्पनीमा काम गर्दै आउनुभएको थियोे  ।

८ वर्षअघि मलेसिया गएका तामाङ अहिलेसम्म एकपटक पनि नेपाल आउनुभएको थिएन । तामाङका २४ वर्षीय छोरा र १७ वर्षीया छोरी छन् । 

मृतकको शव नेपाल ल्याउने तयारी भैरहेक‍ो परिवारले जनाएको छ ।

तपाईको प्रतिक्रिया