देशका धेरै ठाउँमा आंशिक बदली : पर्सि रातिदेखि फेरि पानी प...
पुस १०, २०८१ बुधबार
काठमाण्डौ – कतारमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कतारस्थित नेपाली दूतावासले त्यहाँ कार्यरत नेपालीहरुलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।
दूतावासले आइतबार विज्ञप्ती जारी गर्दै कोरोना भाइरसबाट जोगिन विभिन्न उपायहरु अपनाउन अनुरोध गरेको हो ।
हाच्छ्युँ गरेपछि वा खोकेपछि, खाना पकाउनु वा आनु अघि, शौचालय प्रयोग पछि बिरामी भेटेपछि हात फोहोर भएमा वा जनावर छोएपछि अनिवार्यरुपमा हात धुन दूतावासले आग्रह गरेको छ ।
हात सधैँ साबुनपानीले धुन, साबुनपानी नभएको अवस्थामा सेनिटाइजरको प्रयोग गर्न र फोहोर हातले नाक मुख र आँखा नछुन दूतावासको अनुरोध छ । यस्तै रुघाखोकीको संक्रमण भएमा मास्क लगाउन र यस्ताे संक्रमण भएका वा श्वासप्रश्वाससम्बन्धी समस्या हुने व्यक्तिको निकटमा नबस्न तथा कोरोना भाइरस अति प्रभावित देशमा भ्रमण नगर्न पनि दूतावासले आग्रह गरेको छ ।
इरानबाट उद्धार गरी ल्याएका कतारी नागरिकहरुमध्ये ३६ वर्षीय एकजना कतारी नागरिकमा कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको छ । अहिले सङ्क्रमित नागरिकलाई सरुवा रोग केन्द्रको ‘आइसोलेसन सेन्टर’मा राखिएको छ भने अरुहरुलाई क्वारेन्टाइनमा राखिएको छ ।