१९ वर्षमुनिको महिला विश्वकपको तयारी गर्न नेपाली टोली चितवनमा
पुस १०, २०८१ बुधबार
काठमाण्डौ – जापान पठाइदिने भन्दै कुनै म्यानपावर कम्पनीले पैसा माग्नेबित्तिकै पैसा नबुझाउन वैदेशिक रोजगार विभागले आग्रह गरेको छ ।
विभागबाट इजाजतपत्र नलिएका म्यानपावर कम्पनीहरुले जापान पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग पैसा उठाउन थालेको सूचना पाएपछि सतर्क रहन विभागले आग्रह गरेको हो ।
अनुमति नलिएका म्यानपावरले विदेश पठाइदिने भन्दै पैसा असुली गरेमा गैरकानुनी हुने भन्दै विभागले त्यस्ता म्यानपावरलाई विज्ञापन प्रकाशित नगर्न समेत निर्देशन दिएको छ ।
नियमविपरित विज्ञापन प्रकाशित गरे वा रकमको लेनदेन गरे कानुनबमोजिम कारबाही गरिने विभागले चेतावनी दिएको छ ।
वैदेशिक रोजगारीका लागि जापान वा अन्य कुनै देश जान चाहने व्यक्तिले म्यानपावरहरुका बारेमा सम्बन्धित निकायसँग राम्ररी बुझेर मात्र प्रक्रिया अगाडि बढाउन पनि विभागले आग्रह गरेको छ ।