देशका धेरै ठाउँमा आंशिक बदली : पर्सि रातिदेखि फेरि पानी प...
पुस १०, २०८१ बुधबार
काठमाण्डौ – बुधबार मलेसियन रिंगिट र दिनारको भाउ घटेको छ भने अमेरिकी डलरसहित रियाल र दिर्हामको भाउ भने बढेको छ ।
नेपाल राष्ट्र बैंकले बुधबार अमेरिकी डलर एककोे खरिददर ११८ रुपैयाँ ३० पैसा र बिक्रीदर ११८ रुपैयाँ ९० पैसा तोकेको छ । हिजो खरिददर ११८ रुपैयाँ २४ पैसा र बिक्रीदर ११८ रुपैयाँ ८४ पैसा थियो ।
साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६७ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ ५० पैसा र बिक्रीदर ३१ रुपैयाँ ६६ पैसा रहेको थियो ।
कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६५ पैसा तोकेको छ । हिजो खरिददर ३२ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६४ पैसा तोकेको थियो ।
यस्तै, आज ओमानी रियाल १ को खरिददर ३०९ रुपैयाँ १३ पैसा तोकेको छ । हिजो खरिददर ३०७ रुपैयाँ ६९ पैसा तोकेको थियो ।
आज यूएई दिर्हाम १ को खरिददर ३२ रुपैयाँ २१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३७ पैसा तोकेको छ । हिजो खरिददर ३२ रुपैयाँ १९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३५ पैसा रहेको थियो।
मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ९२ पैसा र बिक्रीदर २८ रुपैयाँ ०६ पैसा तोकेको छ । हिजो खरिददर २८ रुपैयाँ ०४ पैसा र बिक्रीदर २८ रुपैयाँ १९ पैसा रहेको थियो ।
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ९१ पैसा र बिक्रीदर ९ रुपैयाँ ९६ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ ८५ पैसा र बिक्रीदर ९ रुपैयाँ ९० पैसा तोकेको थियो ।
कुवेती दिनार १ को खरिददर ३८६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३८८ रुपैयाँ ६९ पैसा तोकेको छ । हिजो खरिददर ३८७ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३८९ रुपैयाँ ५९ पैसा रहेको थियो ।
यस्तै आज बहराइन दिनार १ को खरिददर ३१३ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३१५ रुपैयाँ २२ पैसा तोकेको छ । हिजो खरिददर ३१३ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३१५ रुपैयाँ ५३ पैसा रहेको थियो ।