गोरखामा विदेशबाट फर्किएका ३७ जना सेल्फ क्वारेण्टीनमा

 चैत १५, २०७६ शनिबार १७:५७:४१ | रासस

गोरखा – शहिद लखन गाउँपालिकामा विदेशबाट फर्किएका ३७ जनालार्ई सेल्फ क्वारेण्टीनमा राखिएको छ । कोरोना भाइरसको सम्भावित सङ्क्रमण रोक्न गाउँपालिकाले वडा कार्यालयमार्फत विदेशबाट आएका सबैको तथ्याङक सङ्कलन गरी उनीहरुलाई सेल्फ क्वारेण्टीनमा राखिएको गाउँपालिका अध्यक्ष रमेशबाबु थापामगरले जानकारी दिनुभयो ।

गाउँपालिकामा विदेशबाट फकिएकामध्ये अधिकांश भारतबाट आएका रहेका छन् । ‘कोरोना भाइरस फैलिएको देशबाट आएकाहरुबाट कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने उच्च जोखिम हुने भएकाले उहाँहरुको तथ्याङ्क सङ्कलनको गरी सबैलाई घरमा सेल्फ क्वारेण्टीनमा राखिएको छ’, उहाँले भन्नुभयो । पालिकाभित्र विदेशबाट आएका ३७ मध्ये धेरैजसो २० दिनभन्दा बढी भइसकेको पालिकाले छ । 

गाउँपालिकाले गएको एक महिनाभित्र विदेशबाट आएका सबैको तथ्याङक सङ्कलन गरेको उहाँले बताउनुभयो । ‘केही व्यक्ति भारतबाहेक मलेसिया, साउदी अरव, फ्रान्स, न्युजिल्याण्डलगायतका देशबाट फर्किएका छन्’, अध्यक्ष थापामगरले भन्नुभयो, ‘उहाँहरुलाई परिवार समेत सुरक्षित हुने गरि बस्न भनेका छौँ ।’ स्वास्थ्यमा समस्या आएमा तत्काल स्वास्थ्यकर्मीलाई खबर गर्नसमेत आग्रह गरिएको  उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया