आईपीएल क्रिकेटमा आज पञ्जाब र बेङ्गलुरु तथा मुम्बई र चेन्नई खेल्दै
बैशाख ७, २०८२ आइतबार
काठमाण्डौ – बहराइनले नेपालीसहित अवैधानिक रुपमा काम गरिरहेका विदेशी नागरिकलाई आममाफी दिने भएको छ ।
७ अप्रिलदेखि लागू हुनेगरी सन् २०२० भरी नै अवैधानिक रुपमा बसेकालाई बहराइन छोड्न वा वैधानिक हुने अवसर दिइएको बहराइनमा रहेको नेपाली दूतावासले जनाएको छ ।
यस्तै बहराइनले कोरोना रोकथामका लागि नियममा थप कडाइ गरेको छ । सङ्क्रमितले क्वारेण्टीनमा नबसेमा तीन महिना जेल सजाय र एक हजारदेखि १० हजारसम्म बहराइन दिनार जरिबाना हुनेछ ।
बहराइनमा अहिलेसम्म १२ जना नेपालीलाई कोरोना सङ्क्रमण भएको छ । त्यहाँ कुनै पनि भेला सभा समारोह गर्न रोक लगाइएको छ । शैक्षिण संस्थाहरु बन्द छन् भने शैलुन, जिमदेखि सार्वजनिक ठाउँहरु पनि बन्द छन् ।
कोरोनाको कुनै लक्षण देखिएमा बहराइनको टोल फ्रि नम्बर ४४४ मा सम्पर्क गर्न सकिन्छ । अन्य कुनै समस्या भएमा दूतावासमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।