ईपीएस पास गरेर सम्झौता पत्रमा हस्ताक्षर गर्न छुटेकाले लकडाउन खुलेपछि हस्ताक्षर गर्न पाउने

 बैशाख ७, २०७७ आइतबार १७:५८:३२ | उज्यालो सहकर्मी

काठमाण्डौ – कोरियन भाषा परीक्षा (ईपीएस) उत्तीर्ण गरेर रोजगारीको लागि कोरिया जाने प्रक्रियामा रहेका तर सम्झौता पत्रमा हस्ताक्षर गर्न नपाएकाले लकडाउन खुलेपछि हस्ताक्षर गर्न पाउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

यस्तै बिदामा कोरियाबाट स्वदेश फर्केका तर लकडाउनका कारण कोरिया फर्किन नपाउँदा भिसाको म्याद सकिएकाहरुले पनि म्याद थपको लागि निवेदन दिन सक्नेछन् । 

कोरियन सरकारले भिसाको म्याद थप गर्नुपर्नेको सूची मागेको छ । हरेक १५ दिनमा यहाँबाट सूची पठाइरहेको जानकारी सम्बन्धित निकायबाट प्राप्त भएको श्रम मन्त्रालयले जनाएको छ ।

यसको लागि सम्बधित व्यक्तिलाई ईपीएस शाखाको इमेलमा आफ्नो विवरण पेश गर्न ईपीएस शाखाले आग्रह गरेको छ । विवरण पेश गर्दा आफ्नो मोबाइल नम्बर अनिवार्य उपलब्ध गराउनुपर्ने पनि मन्त्रालयले जनाएको छ ।

 

 

तपाईको प्रतिक्रिया