अफ्रिकी देश चाडका राष्ट्रपतिको निवासमा बन्दुकधारीको हमला, १९ ...
पुस २५, २०८१ बिहिबार
काठमाण्डौ – कुवेतमा बुधबार थप पाँच जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको कुवेतमा रहेको नेपाली दूतावासका द्वितीय सचिव जानकी ओझाले जनाकारी दिनुभयाे । यो सँगै कुवेतमा सङ्क्रमित नेपालीको संख्या २९ पुगेको छ । यसअघि कुवेतमा २४ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको थियो ।
सबै सङ्क्रमित नेपालीको उपचार भइरहेको र कुवेतले आफ्ना नागरिक सरह नै सेवा दिइरहेको दूतावासको भनाई छ ।
नेपाली श्रमिकको मुख्य श्रम गन्तव्य खाडीका देश र मलेसियामा अहिलेसम्म ९४ जना नेपालीमा कोरोना सङ्क्रमण भएको छ । ६ जना भने निको भएर काममा फर्किएका छन् ।
बहराइनमा ४९, यूएईमा ११, साउदीमा ४, कुवेतमा २९ र मलेसियामा १ जना गरी जम्मा ९४ जना नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण भएको छ । यसमध्ये साउदीमा तीन, यूएईमा दुई र मलेसियामा एक गरी ६ जना निको भएर काममा फर्किएका छन् ।
यूएईमा एक नेपाली महिलामा मृत्युको चार दिनपछि कोरोनाका कारण मत्यु भएको अस्पतालले पुष्टि गरेको थियो । यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालका अनुसार मृत्युको कारण कोरोना हो भनेर आधिकारिक पत्र भने दूतावासमा आइसकेको छैन ।