नेपाली श्रमिकको बारेमा चिन्ता नलिन कतारको आग्रह

 वैशाख ११, २०७७ बिहीबार २०:२:५५ | उज्यालो सहकर्मी

काठमाण्डाै - कतार सरकारले त्यहाँ रहेका नेपाली श्रमिकको बारेमा चिन्ता नलिन आग्रह गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज भएको टेलिफोन संवादमा त्यहाँका प्रधानमन्त्रीले कोरोनाको संक्रमणका कारण आफ्ना नागरिकसँगै नेपालीलाई पनि समस्या पर्न नदिने प्रतिबद्धता जनाएका हुन् ।

आफूले त्यहाँ रहेका नेपालीको सुरक्षा र कल्याणका बारेमा चासो राखेको प्रधानमन्त्रीले ट्वीटमार्फत जानकारी दिनुभएको छ । यस्तै प्रधानमन्त्री ओलीले विभिन्न आरोपमा गिरफ्तार भएका १७ नेपालीलाई कतारले रिहा गरेकोमा खुशी व्यक्त गर्दै कतार सरकारलाई धन्यवाद पनि दिनुभएको छ ।

कोरोनाको कारण वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकमा जोखिम बढेसँगै प्रधानमन्त्री ओलीले यूएई, बहराइन, कुवेत लगायतका सरकार प्रमुखसँग कुरागर्दै नेपाली श्रमिकको सुरक्षाको विषयमा चासो राख्नुभएको छ । यी देशले नेपाली श्रमिकलाई पनि आफ्ना नागरिक सरहनै उपचार गर्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया