आईपीएल क्रिकेटमा आज पञ्जाब र बेङ्गलुरु तथा मुम्बई र चेन्नई खेल्दै
बैशाख ७, २०८२ आइतबार
काठमाण्डौ – ओमानमा समस्यामा परेका नेपाली श्रमिकलाई आफ्ना समस्यासहित विवरण पेश गर्न त्यहाँ रहेको नेपाली दूतावासले आग्रह गरेको छ ।
कोभिड १९ को सङ्क्रमण फैलिरहेको बेला यसको जोखिम त्यहाँ रहेका नेपाली श्रमिकहरुलाई पनि पर्ने भन्दै उनीहरुको अवस्था थाहा पाउन अनलाइनमार्फत विवरण सङ्कलन गर्न लागेको दूतावासले जनाएको छ ।
https://om.nepalembassy.gov.np/information-collection-form/ लिङ्कमा गएर अनलाइन आवेदन भर्न सकिने छ । यो लिङ्क खोलेर आफ्ना विवरणहरु भरिसकेपछि आवेदनको अन्तिममा रहेको सबमिट बटनमा थिच्नुपर्नेछ ।
जतिसक्दो चाँडो आफ्नो विवरण भर्न दूतावासले आग्रह गरेको छ । विवरणमा उपलब्ध गराएका सूचना गोप्य राखिने पनि दूतावासले जनाएको छ ।