गहुँ खेती गर्न रासायनिक मल अभाव
पुस ९, २०८१ मंगलबार
काठमाण्डौ - सरकारले विदेशमा रहेका नेपालीलाई तत्काल स्वदेश फर्काउन समस्या रहेको जनाएको छ। राष्ट्रियसभाको बैठकमा नयाँ आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकता सम्बन्धी प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले अहिले हवाई उडान सञ्चालन गर्नु जोखिमयुक्त नै हुने भएकाले जो जहाँ छ त्यहीँ सुरक्षित बस्न आग्रह गर्नुभयो ।
नेपालीको अवस्थाबारे दूतावासमार्फत दिनहुँ जानकारी लिइरहेको भन्दै उहाँँले उनीहरुलाई राहत दिनुपर्ने भए नेपाल सरकारले नै उपलब्ध गराउने बताउनुभयो।
अहिले कोरोनाको संक्रमणलाई पहिलो जोखिमको रुपमा हेर्नुपर्ने उहाँले बताउनुभयो ।